मेगा सहकारीको १३ औँ बार्षिक साधारण सभा सम्पन्न
२५ जना शेयर सदस्यको ५१ हजार शेयर लगानीमा स्थापना भएको सहकारीमा अहिले झण्डै ७६ करोड शेयर पूँजी
कञ्चनपुर ।
मेगा बचत तथा ऋण सहकारी सस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका विच कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बार्षिक साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रघुनाथ ओझाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत शुनिल सेटीले ०७१ सालमा २५ जना शेयर सदस्यको ५१ हजार शेयर लगानीमा स्थापना भएको सहकारीले अहिले झण्डै ७६ करोड शेयर पूँजी रहेको बताए ।
उनले सहकारीले आगामी दिनमा समेत क्षेत्र विस्तार देखिका कामकाज सेवा विस्तारमा जोडदिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी शेयर धनीहरुलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष रघुनाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ सदस्य हिरा जोशीको प्रमुख आथित्यमा भएको कार्यक्रममा सहकारीकर्मीदेखिका सरोकारवाला सहभागि भएको थिए ।
