कञ्चनपुर ।
हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
‘अठारौं वार्षिक साधारण मनाउर्दै गर्दा यस अवधिमा सहकारीले प्रमुख उद्देश्य सदस्यहरुको बचत गर्ने संस्कारको विकास गर्नु, बचत संकलन गर्नु तथा आवश्यकता अनुसार सहज र उत्पादनमुखी ऋण प्रवाह गर्दै आएको छ । संस्थाले विभिन्न प्रकारका बचत तथा ऋण सेवामार्फत सदस्यहरुको आर्थिक आवश्कता पुरा गर्दै उनीहरुको जीवनस्तर उकास्न प्रयास गरिरहको’ अध्यक्ष धामीले बताए ।
कार्यक्रममा बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष नरसिह धामीले गर्नु भएको थियो वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष धामीले सहकारी क्षेत्रमा देखिएका विभिन्न चुनौती, आर्थिक मन्दी तथा केही संस्थाका कारण उत्पन्न अविश्वासका बावजुद पनि यो सहकारी संस्थाको वित्तीय अवस्था सन्तोषजनक र सदृढ रहको बताए । त्यसैगरी आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नारायण चन्दले गर्नु भएको थियो । आ.व. ०८२÷०८३मा नगद मौज्दातमा रु. ६लाख ३९ हजार ८सय ४० रुपैया ३३ पैसा रहेको छ भने बैक मौज्दातमा रु ६९ लाख ४४ हजार ८ सय ४८ रुपैया ६३ पैसा रहेको छ, बैक मुद्धछिमा रु ७५ लाख रहको कोषध्यक्ष चन्दले बताए ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष नरसिह धामीको सभापतित्वमा प्रमुख अतिथी जेष्ठ नागरीक तथा संस्था सदस्य विना दाहाल रहनु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुरेन्द्र ओझाले गर्नु भएको थियो । कार्यक्रममा शेयर सदस्यको उल्लेख सहभागीता रहेको थियो ।
