चार किलो चरेस बाेकेका युवक सशस्त्र देखेपछि फरार, लागुऔषध बरामद

कञ्चनपुर ।

कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ किलो ८५० ग्राम चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ।

आइतबार दिउँसो करिब ४ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी डोकेबजारबाट सशस्त्र प्रहरी सहायक हवल्दार महेन्द्र विष्टको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि एक पुरुषले आफूले बोकेको जेब्रा झोला त्यहीँ छाडेर भारततर्फ भागेका थिए।

प्रहरीले झोला नियन्त्रणमा लिएर जाँच गर्दा वाइवाई चाउचाउको कार्टुनभित्र लुकाइएको अवस्थामा ३.८५० किलो चरेसजस्तो देखिने गाढा खैरो पदार्थ फेला पारेको हो।

झोलाबाट ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकता, भारतीय आधार कार्ड, कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, सवारी साधन दर्ता प्रमाणपत्र तथा दुईवटा नेपाली सिमकार्डका सिम एडप्टर समेत बरामद भएका छन्। झोलामा २९ वटा वाइवाई चाउचाउ पनि भेटिएको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी पचकडिया, कञ्चनपुरमा बुझाइएको छ। फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.