दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाडाकोटमा नेपाली कांग्रेसको वडा अधिवेशन आज सम्पन्न भएको छ।
अधिवेशनले मनिराम लोहारको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित सभापति लोहारले निवर्तमान सभापति तर्कराज ओझाबाट नेतृत्व सम्हालेका हुन्।
अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
