काँग्रेस युवा नेता पदम बुढा भीमदत्त नगर सभापतिको दौडमा

कञ्चनपुर

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव भीमदत्त नगरपालिका १७का वडाध्यक्ष पदम बुढा काँग्रेस भीमदत्त नगरको सभापतिको दौडमा देखिएका छन । झण्डै दुई दशकदेखि काँग्रेसमा आबद्ध रहेका युवा नेता बुढा भीमदत्त नगरको सभापतिकै दौडमा देखिएका हुन ।

११ औँ महाधिवेशनबाट पाटीमा जोडिएका बुढा ११ र १२औँमा क्रियाशिल सदस्य, १३ र १४ लगातार दुई पटक वडा सभापति भएका थिए । अहिले नगरकै नेतृत्व लिने दौडमा होमिएका छन । ०७४ मा पनि झिनो मतले भीनपा १७को वडाध्यक्षमा पराजित भएका बुढा ०७९मा जितेका थिए । ७असोजमा हुन लागेको पालिका अधिवेशनमा बुढाले यस अघि नै नगर सभापतिको घोषणा गर्दै मतदातासंग भेटघाटमा दौडिएका छन ।

नगरमा पाटीलाई चुस्तदुरुत पार्दै अघि बढ्ने सकल्प लिएका छन । बुढा युवा नेता एव पाटी र जनताको हितका लागि खटिने भएकाले उनले आफुलाई पालिका नेतृत्वका लागि सहर्ष अघि सार्ने विश्वास व्यक्त गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.