नेकपा माओवादी केन्द्र डिलाशैनीको अध्यक्षमा सूर्य नाथ चयन

दार्चुला । नेकपा माओवादी केन्द्र डिलाशैनी गाउँपालिका कमिटिको अध्यक्षमा सूर्य नाथ चयन भएका छन् । आज भएको गाउँपालिका सम्मेलनले नाथको अध्यक्षतामा ५५ सदस्यी गाउँपालिका कमिटि गठन गरेको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष गोविन्द मालले जानकारी दिनुभयो ।

 

सो कमिटिको उपाध्यक्षमा बहादुर भण्डारी,दीपक धामी र पदम अवस्थी रहेका छन् । यस्तै सचिवमा तिलक माल, सहसचिवमा पूर्ण धामी र कोषाध्यक्षमा धनमति लुहार लगायत अन्य सदस्यहरु रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.