साकारमा ‘टी–१० कप खुला क्रिकेट’ प्रतियोगिता सुरु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९, साकारमा ‘साकार टी–१० कप खुला क्रिकेट’ प्रतियोगिता सुरु भएको छ। जनचेतनाशील युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले गर्नुभएको हो।

जनचेतनाशील युवा क्लबका अध्यक्ष धिरेन्द्र धामीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य ठगुन्नाको प्रमुख आतिथ्यतामा आजदेखि प्रतियोगिता सुरु भएको हो।

कार्यक्रममा नेपाल एथ्लेटिक्स संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य जगदिशसिंह धामी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री विष्टलगायतको आतिथ्यता रहेको थियो।

प्रतियोगितामा ३४ वटा टिमको सहभागिता रहेको छ। स्थानीय क्षेत्रमा क्रिकेट खेलको विकास, खेल प्रतिभाको पहिचान तथा युवालाई खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.