कञ्चनपुर ।
कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले जिल्लाको दक्षिणी भेगदेखि सिधै सघीय राजधानीमा यातायात सेवा विस्तार गरेको छ ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले बेलौरीबाट सिधै काठमाण्डौँ यातायात सेवा विस्तार गरेको हो ।
शुक्रबारदेखि पवनदुतले सुपर एसि सहितको ‘बेलौरी रकेट’ बस सेवा शुरु गरेको जनाएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेशराज बोहराले नागरिक(यात्रु)को माग अनुरुप दैनिक रात्रीकालिन बस सेवा शुरु गरेको बताए । उनका अनुसार दैनिक दिउँसो साढे तीनबजे बेलौरीदेखि हुलाकी राजमार्ग धनगढी, अत्तरिया हुँदै नयाँ रुटमा सेवा विस्तार गरेको बताए । यस अघि पवनदुतले महेन्द्रनगरदेखि सिधै काठमाण्डौँ रुट संचालन गर्दै आएकोमा अबदेखि दक्षिणी भेग बेलौरीबाट समेत सेवा शुचारु गर्न लागेको हो ।

बस सेवाको उद्घाटन गर्दै बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पवनदुतले यात्रुलाई स्तरिय यातायात सेवा प्रदान गर्दै आएकाेमा जोडदिए । मेयर चौधरीले बेलौरी जिल्लाको मात्रै पहिलो सदरमुकाम नभई विगतमा कैलाली कञ्चनपुरको सदरमुकामलाई पवनदुतले महत्वका साथ लिएर सिधै राजधानी यातायात सेवा विस्तारले नागरिकलाई सुविधा पुगेको बताए ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकासराज पन्तले पवनदुतले अब नियमित बेलौरीदेखि काठमाण्डौँ र काठमाण्ठौँदेखि बेलौरी रुष्ट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोडदिए । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले कञ्चनपुरकै पनि उत्तर दक्षिण सबैतिरका यात्रुको चापलाई मध्य नजर गरेर नियमित भरपर्दो सुरक्षित यातायात सेवा विस्तार गरिएको बताए ।

यस अघि पवनदुतले महेन्द्रनगरदेखि नेपालको राजधानी काठमाण्डौँ मात्रै होईन भारतको राजधानी दिल्ली, देहरादुन, हरिद्धार सहितका स्वदेश तथा भारतका विभिन्न गन्तव्यमा यातायात सेवा प्रदान गर्दै आएको छ । दक्षिणका यात्रुहरुले समेत पवनदुतको सेवा विस्तारसंगै लाभ लिने जनाएका छन ।
