दार्चुलामा जुवातास खेलिरहेका आठ जनामाथि चार दिनको म्याद थप

दार्चुला । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका आठ जनामाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद थप गरेको छ। शैल्यशिखर नगरपालिका–९, गाँजरीस्थित सुदर्शन खुद्रा पसल सञ्चालक केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज सिंह भाटको नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले जुवाखालबाट ७१ हजार ७७५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ। पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.