दार्चुलामा आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

दार्चुला । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदै छ ।

यसैसिवच आज दार्चुलामा भिटामिन ‘ए’ करिब १० हजार ४५० जना बालबालिका र जुकाको औषधि ९ हजार ४५० जना बालबालिकालाई खुवाइने भएको छ ।

अभिभावकहरूले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार यो कार्यक्रमका लागि जिल्लाभरी ३७५ जना महिला स्वास्थ्य स्वयम्‌सेविका र ३ सय जना स्वास्थ्यकर्मी खटिँदै छन् । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई नि:शुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि वि.सं. २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र वि.सं. २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.