कञ्चनपुर ।
कञ्चनपुरको महेन्द्रनगरस्थित एक क्याफे रेस्टुरेन्टले ग्राहकको स्वाद र चाहनालाई मध्यनजर गर्दै ककटेल र मकटेलको सेवा सुरु गरेको छ ।
महेन्द्रनगरको गल्ली नं. ५ मा रहेको दमदार बाइट्सले शनिबारदेखि स्वादका पारखीहरूका लागि नयाँ सेवाको सुरुवात गरेको हो । ग्राहकलाई फरक स्वाद र नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले ककटेल तथा मकटेलका परिकार थप गरिएको क्याफेले जनाएको छ ।
क्याफे सञ्चालक हेमराज भट्टका अनुसार ककटेल विभिन्न फलफूलका रस, सोडा, दूध, चिनी तथा मदिराको मिश्रणबाट तयार गरिन्छ । त्यस्तै, मकटेलमा विभिन्न फलफूलका रस, सोडा, कागती, चिनी र ओस्टरबर्ग कम्पनीका विभिन्न सिरप मिसाएर तयार गरिने उनले बताए ।
ककटेल र मकटेल दुवै फरक स्वादका पेय पदार्थ भएकाले ग्राहकले आफ्नो रुचिअनुसार स्वाद लिन सक्ने सञ्चालक भट्टको भनाइ छ ।
नयाँ सेवासँगै दमदार बाइट्सले महेन्द्रनगरमा पेय पदार्थका पारखीहरूलाई थप स्वाद र फरक अनुभव प्रदान गर्ने अपेक्षा गरेको छ ।