दार्चुलामा एक महिनामा ६ जना महिला–पुरुष हराए, ४ जना फेला

दार्चुला । दार्चुलामा गत कार्तिक महिनामा ६ जना महिला तथा पुरुष हराएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको कार्तिक महिनाको प्रगति विवरणअनुसार उक्त अवधिमा चार जना महिला र दुई जना पुरुष हराएका हुन्।

हराएका चार जना महिलामध्ये दुई जनालाई प्रहरीले फेला पारेको छ भने दुई जना महिला अझै फेला पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, कार्तिक महिनामा हराएका दुई जना पुरुषलाई भने प्रहरीले फेला पारेको छ। हराएका सबै पुरुष फेला परे पनि दुई जना महिला अझै सम्पर्कमा आउन नसकेको प्रहरीको विवरणमा उल्लेख छ।

यस अवधिमा जिल्लाबाट कुनै पनि बालक तथा बालिका हराएको घटना नरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.