दार्चुला । दार्चुलामा राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण गर्ने क्रममा प्रहरीले एक महिनामा ५० किलो अवैध चिनी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएको ५० किलो चिनी प्रहरीले बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको चिनीको मूल्य ६ हजार रुपैयाँ बराबर रहेको छ। बरामद चिनी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।