भीमदत्त–१३ मा पहिलोपटक डे–नाइट क्रिकेट प्रतियोगिता, विजेतालाई १ लाख ५५ हजार पुरस्कार

कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा पहिलोपटक डे–नाइट क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ। बैजनाथ खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि स्थानीय खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।

 

प्रतियोगितामा सहभागिताका लागि तोकिएको समयभित्र १६ वटा टिमले नाम दर्ता गराएका छन्। प्रतियोगिताको विजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमका लागि २० हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको थियो।

 

त्यसैगरी प्रतियोगितामा म्यान अफ द सिरिजलाई साईकल र मेडल प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यानलाई टेनिस बल ब्याट र मेडल तथा उत्कृष्ट बलरलाई जुत्ता र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

 

बैजनाथ खेलकुद समितिका अध्यक्ष भोजबहादुर ठगुन्नाको अध्यक्षतामा आयोजित प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री प्रकाश रावलले उद्घाटन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत तथा अतिथिका रूपमा भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहरा लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.