शैल्यशिखरमा एमालेका वडा सदस्य सहित ४० जना नेपाली कांग्रेस प्रवेश

दार्चुला । दार्चलाको शैल्यशिखर नगरपालीका वडा नम्बर ४ रानिशिखरमा नेकपा एमालेबाट निर्वाचीत वडा सदस्य सहित ४० जनाले नेपाली काग्रेश प्रवेश गरेका छन् ।

आसन्न महाधिबेशनका लागि आइतबार गरिएको छलफल कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य विरभान सिह ठगुन्ना सहित ४० जना स्थानियहरुले नेपाली कांग्रेस पार्टी प्रवेश गरेको नेपाली कांग्रेश दार्चुलाका नेता जगदीश पालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस शैल्यशिखर ४ का सभापती लाल सिह महरको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा शैल्यशिखर नगरपालीकाका नगरप्रमुख तथा नेपाली कांग्रेस जिल्ला कार्यसमीतीका उपसाभापती अमर सिंह धामी प्रमुख अथिती रहनुभएको थियो ।

कार्यक्रममा कांग्रेका युवा नेता जगदीश पाल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो

Leave A Reply

Your email address will not be published.