दार्चुला – बैतडीमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङख्या पाँच पुगेको छ ।
सोमबार साझ भएको जिप दुर्घटनामा परी गम्भीर घाईते भएकी पाटन १ की ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
घाईते अन्य दुई जनालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्र उपचार सम्भब नभएपछि थप उपचारका लागी डडेल्धुरा रिफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । मानध्वज भट्टाराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रिफर गरिएको हो ।