कांग्रेस अधिवेशन : दार्चुलाका अधिकांस वडामा नेतृत्व चयन

दार्चुला ।दार्चुलाका ९ ओटै स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सकिएको छ। मंगलबार जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका ६१ वडामा कांग्रेसको ७ औ वडा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन बाट जिल्लाका नौ वटै स्थानिय तहका ५० वटा वडामा सहमतीका आधारमा नेतृत्व चयन गरिएको नेपाली काँग्रेस पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो। सहमती नजुटे निर्वाचन प्रक्रियामा जान सकिने विधानमा व्यवस्था रहेको भए पनि अधिकांस वडाहरुमा सहमतीमै नयाँ नेतृत्व चयन भएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार तयार पार्दा सम्म जिल्लाका सबै वडाको विवरण प्राप्त नभएको जिल्ला सभापती बोहराले बताउनुभयो ।

जिल्लाको लेकम गाउँपालिकाका सबै वडामा नेतृत्व चयन गरिएको छ ।भदौ २२ गते पाँच वडामा सहमतिमा र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । लेकम गाउँपालिकामा सभापतीका लागि गणेश पाल र खेमराज गिरीबिच निर्वाचन भएको छ । गणेश पालले १७ गत पाउँदा खेमराज गिरी २२ मत पाएर वडा सभापतीमा निर्वाचित हुनुभएको हो ।

लेकम गाउँपालिका वडा नम्बर १ मा दिपकसिंह साउँद, वडा नम्बर २ मा केशवराज जोशी, वडा नम्बर ३ मा तारासिंह भण्डारी, वडा नम्बर ४ मा खेमराज गिरी, वडा नम्बर ५ मा नारदसिंह बोहरा र वडा नम्बर ६ मा सिताराम साउद सभापतीमा चयन हुनुभएको छ । अहिले २२ सदस्यिय वडा समिति चयन गरिएको र पाँच जना पछि मनोनित गरिने काग्रेशले जनाएको छ ।

त्यस्तै ब्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा पनि सहमतीमा नयाँ नेतृत्व चयन गरिएको छ । कम्मान सिंह डडालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपसभापतिमा दिपक सिंह डडाल, मंगल सिंह कुवर सचिवमा सुरेन्द्र सिंह कुवर र जितेन्द्र धामी चयन हुनु भएको छ । यसैगरी महाकाली वडा नम्बर ८ मा पनि सहमतीमा नयाँ नेतृत्व चयन भएको छ ।

अकबर सिंह धामीको सभापतित्वमा नयाँ नेतृत्व चयन भएको बुझिएको छ । महाकाली नगरपालिका वडा नम्बर ६ मा पुरानै सभापतिलाई पुनः जिम्मेवारी दिइएको छ । वडा नम्बर ६ मा प्रेम बहादुर पाललाई पुनः वडा सभापतिको जिम्मेवारी मिलेको हो ।

यस्तै वडा नम्बर ९ मा पनि पुरानै सभापति दोहोरिएका छन् । गजेन्द्र सिंह कार्कीलाई पुनः वडा सभापतिको जिम्मेवारी दिइएको छ । वडा नम्बर ७ मा लक्ष्मण सिंह डागा सभापतिमा निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै महाकाली नगरपालिकाका सबै वडामा सहमतिका साथ नेतृत्व चयन गरिएको छ । भदौ २२ गते नौँ वटै वडामा सहमतिमै वडा सभापतीसहित समिति चयन गरिएको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर १ को सभापतीमा धन सिह कार्की, वडा नम्बर २ मा इन्द्र राज भट्ट, वडा नम्बर ३ मा कल्यान सिह महरा, वडा नम्बर ४ मा बीर देब भट्ट, वडा नम्बर ५ मा भुवनेश्वर अवस्थीलाई सभापती चयन गरिएको छ । यस्तै वडा नम्बर ६ मा प्रेम बहादुर पाल, वडा नम्बर ७ मा लक्ष्मण सिह डागा, वडा नम्बर ८ मा अकबर सिह धामी र वडा नम्बर ९ मा गजेन्द्र सिह कार्की सभापती चयन हुनुभएको छ ।

त्यस्तै दुहुँ गाउँपालिका वडा २ नम्बरमा पनि सहमतीमा वडाको नयाँ नेतृत्व चयन भएको छ । अम्भा दत्त जोशीको सभापतित्वमा समिति चयन भएको हो । दुहु ५ मा धनसिंह कुवर सभापतिमा चयन हुनु भएको छ ।

यस्तै जिल्लाको मालिकार्जुन गाउँप्पालिका वडा नम्बर ४ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा सभापतिमा कृष्णसिंह धामी, उपसभापति किशन सिंह धामी, बिरमा धामी, सचिवमा बलदेव सिंह धामी, बिरसिंह धामी लगायत २२ सदस्यीय निर्विरोध चयन भएको मालिकार्जुन सहकर्मी एकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

त्यस्तै शैल्यखिर नगरपालिका वडा नम्बर ६ मा राजेन्द्र सिंह धामी निर्विरोध वडा सभापतीमा निर्वाचित हुनुभएको छ ।

Leave A Reply

Your email address will not be published.