दार्चुला । कैलालीमा घाँटी रेटेर एक युवकको हत्या भएको छ। जानकी गाउँपालिका वडा नम्बर का २५ वर्षीय अरुण दासको हत्या भएको हो ।
उहाको अमरावती सामुदायिक वनमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बतानुभयो ।
जंगलमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका युवक आज विहान घरबाट निस्केका थिए।
घटनाबारे थप अनुसन्धान लागी कुकुरको पनि प्रयोग गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।