दार्चुला – नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका ५ आगरको वडा कार्य समिती बैठक आज मगलबार सम्पन्न भएको छ । आउँदो चुनावी कार्यक्रम अन्तरर्गत घरदैलो अभियान र भेटघाट गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरेको शैल्यशिखर नगरपालिका ५ वडा कार्यसमिती सचिव डम्मरकुमार डागाले बतानुभयो ।
मदन सिह डागाको सभापतित्वमा बसेको बैठकमा नेपाली कांग्रेस जिल्ला कार्यसमिती सचिव तथा शैल्यशिखर नगरपालीका प्रवक्ता समेत रहनुभएका भएका माधवराज भट्टको प्रमुख आथित्यता रहेको थियो । भने शैल्यशिखर नगरपालिका ५ वडा कार्य समिती सचिव डम्मर कुमार डागाले कार्यक्रम सन्चालन गरेको लिपुलेक सहकर्मी राजेन्द्र साउदले बतानुभयो ।
बैठकमा अन्य नेपाली कांग्रेस क्षेत्रिय प्रतीनिधी,नेपाली कांग्रेसका क्रियाशिल सदस्य लगायत अन्य शुभचिन्तकहरुको सहभागिता रहेको थियो । अन्य पाटी परित्याग गरी ५ जनाले नेपाली कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेस शैल्यशिखरले जनाएको छ ।