शनिबार सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि

दार्चुला – सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ३९७ जनाको कोरोना परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

एन्टीजेन परीक्षणमा बैतडीका ४ जना र कैलालीका एकजनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभरी अहिले ९३ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.