दार्चुला – बैतडीको पुर्चौंडी नगरपालिका–१० विजयपुर घर भएका ४९ वर्षीय आनसिंह महराको भारतमा मृत्यु भएको छ। रोजगारीका लागि भारतमा रहेका महरा को ५ दिनअघि मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। महरा पुस ८ गते राति सुतेकै ठाउँमा मृत फेला परेका थिए।
महरारा बिगत ५ वर्षदेखि भारतको पिथौरागढ जिल्लाको नाचनी बासबगड भन्ने ठाउँमा काम गर्दै आएका थिए । उहालाई ठेकेदारले काम गरेको पैसा नदिएकै कारण ५ वर्षदेखि घरमा समेत आउन पाएका थिएनन्।
घरको आर्थिक अवस्था निकै कमजोर भएकाले भारतमा रोजगारी गर्नुपरेको र मजदुरी गरेको पैसा समेत ठेकेदारले नदिएपछि घर परिवार समेत विचल्लीमा परेको छ । काम गरेको पैसा असुल गर्न सहयोग गरिदिन मृतककी छोरी महराले सम्बन्धित निकायलाई आग्रह समेत गरेकी छिन् ।