दार्चुला । विवेकशील साझा पार्टी निकट युवा संगठन विवेकशील साझा युवा संगठनले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा संगठन बिस्तारको क्रमलाई तिब्रता दिएको छ ।
विवेकशील साझा युवा संगठनका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश संयोजक रोहित चन्दका अनुसार सुदूरपश्चिमका सबै जिल्लामा संगठन बिस्तार गर्ने लक्ष्यअनुरूप सोमबार बैतडी जिल्लामा साझा युवा संगठनको बैतडी जिल्ला समिति घोषणा गरिएको छ भने बुधबार (आज) हरिप्रसाद जोशीको संयोजकत्वमा ४६ सदस्यीय दार्चुला जिल्ला समिति घोषणा गरिएको छ ।
यसैबीच विवेकशील साझा युवा संगठनले प्रदेशका सबै जिल्लामा समिति घोषणा गर्ने कार्यक्रमअनुसार बैतडी र दार्चुला जिल्ला पछि भदौ २४ गते बझाङ, २५ र २६ गते अछाम, भदौ २७ गते डोटि तथा २८ गते डडेल्धुरामा जिल्ला समिति घोषणा गर्ने कार्यक्रम रहेको विवेकशील साझा युवा संगठनका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक रोहित चन्दले जानकारी दिनुभएको छ।
जिल्ला समिति घोषणा समारोहमा विवेकशील साझा युवा संगठनका सुदूरपश्चिम प्रदेश संयोजक चन्द सहित प्रदेश समितिका सदस्यहरूको समेत सहभागिता रहेको बताइएको छ ।