सेती अस्पतालमा भएको परीक्षणमा थप ४५ जनामा देखियो कोरोना

दार्चुला – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १०५ नमूनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा १३ कोरोना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ३ जनाको आइसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.