दार्चुलामा विकराल बन्दै आत्महत्या

दार्चुला । दार्चुलामा पछिल्ला बर्षहरुमा आत्माहत्या गर्नेहरुको संख्या विकराल बन्दै गएको छ । जिल्लामा पछिल्लो समय आत्माहत्या गर्नेको संख्या अश्वभाविक रुपमा बढ्दै गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका २१ जनाले आत्महत्या गरेका छन्। तीमध्ये १० महिला, ९ पुरुष र दुई जना बालिका रहेका छन्।

जिल्लामा आत्महत्या गर्ने बालिकादेखि ७२ वर्षसम्मका वृद्ध समेत छन्। त्यस्तै चालु आर्थिक बर्ष २०७८/०७९ मा पनि २ जनाले आत्माहत्या गरेका छन ।

आत्माहत्या गर्नेहरुमा अधिकाशंले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीले बताउनुभयो । आत्महत्या रोकथामका लागि परिवारका सबै सदस्यहरु जिम्मेवार बन्नुपर्ने, मानसिक बिचलन भएकाहरुलाई मनोपरामर्श प्रदान गर्नुपर्ने, सामाजिक, पारिवारिक र व्याक्तिगत सम्बन्धहरु सुधारमा समयमै पहल गर्नुपर्ने जस्ता आवश्यकता रहेको मनोबिदहरु बताउछन् ।

Leave A Reply

Your email address will not be published.