पुष्प राज जोशी / बैतडी – लामो समय देखि नेपाल टेलिकमको नमस्ते मोबाइल सेवामा समस्या हुदा बैतडीको डिलाशैनी गाउपालिकाका २ वटा वडाका सर्वसाधारणहरुले समस्या झेल्दै आएका छन् । डिलाशैनी गाउपालिका वडा नं ४ मठैराज र वडा नम्बर ७ धामीगाउका स्थानीयहरुले टेलिकमको सेवा प्रभाबकारी नहुदा समस्या झेल्दै आएका हुन् ।
जिल्लाको सबैभन्दा बढी दुर्गम मानिएको डिलाशैनी गाउँपालिकामा रहेको मठैराजको पुराइन टेलिकम टावरमा बिद्युत नहुदा र पुराना ब्याट्री भएका कारण सात महिना देखि नमस्ते मोवाइलको टावरमा समस्या देखिएको छ । नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागे पनि आवाज नबुझिने, घाम पर्दा मात्र नेटवर्क आउने गरेकाले स्थानियहरुले समस्या भोग्नु परेको हाम्रा मालिकर्जुन खबर सहकर्मी बिन्दु प्रसाद पन्तले बताए।
राती नेटवर्कमा समस्या भएपनि दिनमा प्रत्येक दिन नेटवर्क जाने समस्या रहेको डिलाशैनी गाउपलिका वडा नम्बर ७ का स्थानीय मनोज धामीले बतानुभयो । उहाका अनुसार “फोन गर्नेकै लागी डाँडा चढ्नुपर्ने अवस्था छ । ”सामान्य ईन्टरनेटको कामले घन्टौ हिँडेर गोकुलेश्वर बजार, तथा सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको बताए। उनले भने“ईन्टरनेटको सामान्य कामको लागी हजार बढी खर्च गर्नुपर्छ” । यता नेपाल टेलिकम बैतडी शाखाले समस्या बारे जानकारी पाए पनि समस्या समाधानको लागि पहल भइरहेको बताए ।
नमस्ते मोबाइलमा नेटवर्क नहुदा डिलाशैनीका धामीगाउ,लेक,ढाण,रसानी,द्धरेगडा,मठैराज,नुवाकोट,पुजरीगाउ र पुर्चौडीका तल्लादेही, मल्लादेही र विजयपुर, दोगडाकेदारका रिम, सित्तड र कटौजपानी,लगायत टोलका सेवा ग्राही मार्कामा परेका छन।
डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजको पुराइन भन्ने ठाउँमा रहेको नेपाल टेलिकम को टावरमा पुराना ब्याट्री हुदा घाम लाग्दा मात्र नेटवर्क आउने गरेको छ। यो संगै दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश भुभागहरु मा समेत फोन सेवा मा समस्या भएको छ ।
त्यहाँका स्थानीय हरुले पटक पटक टेलिकम लाई अनुरोध गर्दा पनि सुनवाइ नगरेको गुनासो गरेका छन।