आज सुदूरपश्चिममा सार्वजनिक बिदा

दार्चुला – सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ। माघी पर्वको अवसरमा प्रदेश सरकारले माघ २ गते पनि बिदा दिएको हो। संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको दिएको थियो भने उक्त दिन शनिबार पनि परेको थियो।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आज पनि सार्वजनिक बिदा दिइएको हो। उक्त निर्णय सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो। माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन्। विगतदेखि नै थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.