विराटनगरको सिमावर्ती दशगजा क्षेत्रमा एसएसबीको सुरक्षा पोष्ट खडा

दार्चुला । भारतीय सीमा सुरक्षा बल एसएसबी ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ । विराटनगर महानगरपालिका को सिमावर्ती दशगजा क्षेत्र ९नो मेन्स ल्याण्डमा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो ।

विराटनगर महानगरपालिका(१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो । एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ छ । ‘दशगजा क्षेत्रमा सुरक्षा पोष्ट राख्न मिल्दैन, ‘विराटनगर( १६ का वडा अध्यक्ष मनोज सुब्बाले भने’ यसमा हाम्रो आपत्ति छ, तत्काल सुरक्षा निकायले पहल गरोस् ।’

दशगजामा सुरक्षा पोस्ट बनाएर भारतीय पक्षले नेपालको गतिविधि नियालिरहेको हुनसक्न उनको भनाइ छ । उनले कूटनैतिक रुपमा समस्या पोष्ट हटाउन पहल गर्नुपर्ने बतानुभयो ।

उनका अनुसार १५(२० दिनअघि भारतीय पक्षले एक पक्षीय रुपमा दशगजा क्षेत्रमा पोष्ट खडा गरेको हो । दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून छ ।

दशगजाको अतिक्रमण हटाउने दुई देशीय सहमतिविपरीत भारतीय पक्षले पोस्ट खडा गरेर गतिविधि गरिरहेको स्थानीयको दाबी छ ।

दशगजामा एसएसबीले पोस्ट बनाएको विषयमा जानकारी आएपछि हटाउनका लागि पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । दशगजा क्षेत्रमा संरचना निर्माण गर्न नपाउने बताउँदै उनले संरचना हटाउनका लागि भारतीय पक्षसँग छलफल गर्ने बतानुभयो ।

काठ र कर्कटपाताको प्रयोग गरेर संरचना तयार पारेको एसएसबीले दशगजामा बसेर चेकजाँच गर्ने गरेको स्थानीयले बतानुभयो । नाकामा एसएसबीले धम्क्याउने र नेपाली नागरिकलाई दुर्व्यवहार गर्ने गरेको स्थानीयको गुनासो रहेको छ ।

Leave A Reply

Your email address will not be published.