आइतबार सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

दार्चुला । आइतबार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघर गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै, आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ। वाग्मती प्रदेशमा पनि आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीका ले बतानुभयो ।

उहाका अनुसार सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.