हाल सम्म विश्वका १ सय ७१ देशमा फैलियो ओमिक्रोन

दार्चुला । हाल सम्म विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो ।

यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ ।

डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो ।

ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.