जीपको ठक्करबाट बालकको मृत्यु

दार्चुला । जीपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

से १ ज ९६८ नम्बरको जीपले बझाङ्गको केरारस्यू गाउँपालिका वडा नम्बर ४ का अनिल रावलका छोरा योगेन्द्र रावललाई ठक्कर दिँदा मृत्यु भएको हो।

बागथलाबाट देउरा तर्फ गइरहेको उक्त जीपले ठक्कर दिएपछि घाइते भएका रावलको देउरा प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप चालक भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।

Leave A Reply

Your email address will not be published.