दार्चुलामा २ जना मृत फेला

दार्चुला। दार्चुलामा शुक्रबार (आज) दुई जना मृत फेला परेका छन । जिल्लाको महाकाली नगरपालिका मार्मा गाउँपालिकामा एक(एक जना मृत फेला परेको प्रहरीले जनाएको छ।

जल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खंलगामा शुक्रबार बिहान युवक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला कारागारको छेउमै रहेको घरभित्रै जगतराम चुनाराका १८ वर्षीय छोरा राहुल चुनारा कोठाभित्र झुण्डिएकोे अवस्थामा मृत फेला परेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।

सूचना अधिकारी चन्दका अनुसार आज बिहान साढे नौ बजेतिर चुनारा कोठाभित्र झुण्डिएको अवस्थमा मृत फेला परेका छन् । मृतकले विगतमा लागुपदार्थ सेवन गर्ने गरेको स्रोतले जनाएको छ।

घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको मार्मा गाउँपालिकामा पनि एक पुरुष मृत फेला परेका छन् । मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट काम बिशेषले लटिनाथ बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त घरमा उहाँको शव फेला परेको हो । मृत तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको सुन्नमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

घटनावारे थप बुझनका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट जगत मल्लको कमाण्डमा प्रहरी टोली खटिएको थियो । मृतकको शवलाइ पोष्टमाटमको लागि शुक्रबार गोकुलेश्वर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.