एमसिसी सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन

दार्चुला । एमसिसी सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ । एमसिसी राष्ट्रघाती भएको भन्दै डडेलधुरामा सम्झौता खारेज गर्नुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै बोलन्याथलि युनिट डडेल्धुरा ,अखिल क्रान्तिकारि डडेल्धुरा विद्यार्थी नेता र डडेल्धुरा आम नागरिकको सहभागिता विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा राष्ट्र घाती सम्झौता खारेज गर , एमसिसी खारेज गर , देश बेच्न पाईदैन भन्दै नाराबाजि सहित कालो पट्टबाधेर बिरोध गरेको बताइएको छ ।

डडेल्धुराको तुफानडाडा चोक बाट सुरु भएको प्रदर्शन बसपार्क भएर भिमदत्त चोकको सडक छेउमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै युवा नेता किरन साउदले एमसिसी कुनै हालतमा पास हुनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो एमसिसी कुनै पनि हालतमा पास हुनु हुदैन यदि कसैले पास गर्न खोज्छ भने आम देशभरका युवाले औला काटिदिने छ । कार्यक्रमको उद्घोषण दिपकराज भट्टले गर्नुभएको थियो ।

एमसिसी विरुद्ध थप संघर्षका कार्यक्रम निरन्तर रहने डडेल्धुरा बोलन्या थलीका अध्यक्ष दिपक भट्टले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.