दार्चुलामा शुक्रबार राती देखि विद्युत अवरुद्ध

दार्चुला । दार्चुलामा शुक्रबार राती देखि विद्युत अवरुद्ध भएको छ ।

शुक्रबार राती अविरल बर्षा संगै चलेको हावाहुरी र चट्याङले गर्दा विद्युतीय सामग्रीमा क्षती पुगेपछि करिव २४ घण्टा देखि दार्चुला जिल्ला भरि विद्युत सेवा अवरुद्ध भएको हो ।

शुक्रबार राती देखि अवरुद्ध भएको विद्युत शनिबार बेलुकी सम्म पनि सञ्चालन हुन सकेको छैन ।

विद्युत अवरुद्ध हुदा मोबाइल चार्ज गर्न समेत समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन, भने २४ घण्टा सम्म विद्युत सञ्चालन नहुँदा यस क्षेत्रका एफ एम रेडियो तथा अन्य विद्युतीय उपकरण सञ्चालन हुन सकेका छैन्न ।

अवरुद्ध विद्युत २४ घण्टा वितिसक्दा पनि सञ्चालन गर्न नसक्नु विद्युत प्राविकरण कार्यालयको लापरवाही भएको स्थानीहरुको भनाई छ।

Leave A Reply

Your email address will not be published.