दार्चुला । घास काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ मौलालीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको ज्यान गएको हो । ज्यान जानेमा जिल्लाको मौलालीकी ६० वर्षीया गालुदेवी रावल रहेका छन ।
घर नजिकै रहेको अन्जाडी सामुदायिक वनको भिरमा घाँस काट्न गएकी रावलको शनिबार दिउँसो लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भिरपाखामा घाँस काट्ने सजिलो प्रविधि नहुँदा बर्षेनी महिलाहरुले भिरबाट लडेर अकालमै ज्यान गुमाउन बाध्य छन् । दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपहाडका जिल्लाहरुमा भिरबाट लडेर बर्षेनी मानिसहरुले ज्यान गुमाउदै आएका छन् ।