बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा न १० भाटाला भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा टेक्टर चालको मृत्यु भएको हो।
शनिबार राती साढे आठबजेतिर ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले मालिकार्जुन खबर लाई बताए ।
मौरादेखि भाटालातर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नं ५ का ३२ बर्षीय अर्जुन थारुको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पातल पुर्याउँदा मृत घोषणा गरिएको थियो।
दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।