बैतडीका बिद्यार्थी जोखिम मोल्दै विद्यालय जान वाध्य

दिपक साउद / दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका–१ स्थित रमला,गाउका बिद्यार्थी जोखिम मोल्दै भिरको बाटो र खोला तरेर विद्यालय जान बाध्य छन ।

उक्त गाउँ नजीक माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीहरूलाई जोखिम मोलेर डिलाशैनी गाउपालीका १ स्थित सरस्वति माध्यमिक विद्यालय नानारामा जानुपर्ने बाध्यता छ ।

भिडाखोला रमिलगाडमा हिउँदको समयमा समेत पानीको सतह बढी हुने भएकाले बिद्यार्थी लाई जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता भएको हाम्रा रेडीयो लिपुलेक बजार प्रमुख दिपक साउदले स्थलगत रिपोटको क्रममा बतानुभयो ।
वर्षायाममा जोखीम मोलेर रमिलगाड खोला तर्नुपरेको उक्त बिधालयमा कक्षा ८ पढ्ने बिनोद भट्टले बतानुभयो । ‘गाउँमा मावि छैन,’ उनले भने, ‘कि पढाइ छोड्नुपयो, नत्र जोखिम मोलेर विद्यालय जानुको विकल्प छैन ।’ उक्त खोला तर्न नसक्नेहरू वर्षातको समयमा झण्डै ३ महिना पठनपाठनबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ ।

एकातीर खोलाको बाटो, अर्कौ तिर भिरको बाटो, बिधालय जान करीब २ घण्टा लाग्छ, बाटो पनि भत्कीएको छ , काठे पुल पनि छैन स्थानीयहरुले हालेको काठे पुल बगेको पनी आठ महिना भयो, अहिले सम्म कसैले यसमा ध्यान दिएको छैन कक्षा १० मा अध्ययन्न गर्ने अर्का बिधार्थी सुरेस भट्टले गुनासो गर्नुभयो ।

उनले थपे गाँउ गाउमा सिहदरबार आयो भन्छन तर हाम्रो समस्या यथावत छन । नानरा र बसन्तपुरको बीचमा पर्ने रमिलगाडमा झोलुंगे पुल भए पनि एक घण्टा घुमाउरो पर्ने भएकाले बालबालिकाहरू जोखिम मोलेरै नदी तर्न बाध्य छन । ‘पुल तरेर जाँदा विद्यालय पुग्न कम्तिमा ३ घण्टा लाग्छ,’ उनले भने, ‘खोला तर्दा २ घण्टामै पुगिन्छ, त्यसैले जोखिम मोल्न बाध्य छौं एक्लै खोला तर्न समस्या हुने भएकाले समुहमा मिलेर विद्यालय जाने गरेको कक्षा ६ मा अध्ययनरत मानमती भट्टले बताइन । बर्षायाममा बिधालय जाने बाटो भरी जुका लाग्ने समस्या छ भने गर्मी समयमा थकान मार्नको लागी शीतलमा बसेका बेला भोकभोकै उतै सुत्ने गरेको र रातमा घरबाट आएर खोजेर लग्ने गरेको उनले भनिन्, ‘खोला तर्दा ढुंगाले चोट लाग्ने, बग्नेलगायत समस्या भोग्दै आएका छौं ।’ नदी तर्दा कपडा र किताब भिज्ने समस्या हुने गरेको उनले बताइन ।

बालबालिकाले ज्यानको माया मारेर खोला र भिरलाई छिचोल्दै जान्छन स्थानीय अभिभावक बताउन्छन। ‘वर्षायाममा विद्यालय गएका बालबालिका बेलुका घर फर्कन्छन्, फर्कन्नन् भन्ने चिन्ता हुन्छ,’ ‘हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा जोखिमै जोखिम छ ।’ गाउँका कोही बिरामी भए पनि खोला तारेरै अस्पताल लैजानुपर्छ,’ ‘चुनावका बेला गाउँमा आउने नेताहरूले पुल बनाउने आश्वासन दिन्छन्, तर जितेर गएपछि फेरि फर्केर आउँदैनन। अभिभावकहरुको गुनासो रहेको छ ।

Leave A Reply

Your email address will not be published.