दार्चुला– दार्चुलामा लगायत सुदुरपश्चिमा नया वर्ष आरम्भ सगै मनाइने बिसु पर्व हर्स उल्लासका साथ मनाईदै छ । अन्तिम दिन वर्षलाई बिदाई र सुरुको दिन स्वागत गरेर बिशु पर्व मनाउने गरिन्छ ।
१ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । आफन्त परिवारजन सगै बसेर मिठो मसिनो पकाएर खाने, सगै रमाइलो गर्ने र गएको वर्षभरिको समीक्षा गर्ने गरिन्छ । बिसु पर्व मनाउन विवाहिता छोरीचेलीमा आ–आफनो माइतीघर जाने चटारो पनि देखिएको छ।
यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन्। यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गरेर मनाइन्छ। देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसुको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको शैल्यशिखर नगरपालिका ८ का संस्कृतिका जानकार अम्बा दत्त जोशी बताउन्छन ।
शरीरमा सिस्नो लगाउँदा छालासम्बन्धी रोग निको हुने जनविश्वास पनि छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाडेर खाने चलनसमेत छ।सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गरिएका छन् ।
घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ। लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन्। दार्चुलाको स्थानीय भाषामा घर छिप्ने भन्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
यो पर्व किन मनाइन्छ भन्नेमा विभिन्न भनाइ भएपनि स्थानीय लेकम गाउपालिका ३ का राम दत्त जोशीेका अनुसार विक्रम सम्वत् सुरु भएको दिन भएकोले नया वर्षको पहिलो दिन वैशाख १ गते ‘बिसु’ पर्व मनाउने चलन सुरु भएको बताउछन्।दार्चुला, बैतडी, अछाम, डडेल्धुरा,डोटी,बंझाङ, र बाजुरामा लगायत का जिल्लाहरुमा देउडा खेल खेलेर मनोरञ्जन गर्ने परम्परा छ ।
नया वर्षलाई बिषु पर्वका रुपमा धुमधाम सग मनाउन दार्चुला लगायत सुदूरपश्चिभर चहल पहल बढेको छ । बिषु पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न शक्ति पिठहरुमा पुजाआजा गरिन्छ ।
आज विहानैबाट सबैले नुहाइ मिठामिठा खानाका परीकारहरु पकाएर खाने तथा आफनो छरछिमेकमा बाड्ने र नया नयँ लुगा लगाएर साँथि भाई जमघट हुनाले पुरै बर्षभरी नै सुभ वित्ने जन विश्वास रही आएको छ ।