दिपक साउद – दार्चुला । बैतडीको पुर्चोडी नगरपालिका –३ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै भाणीसैनी र ढुङगा बिसौनामा खानेपानीको चरम समस्या देखिएको हो।
पुर्चौडी कै दुर्गम गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको स्थानिय गजेन्द्र सिह धामीले बतानुभयो ।
हरेक वर्षको यसै समयमा भाणीसैनी र ढुङगा बिसौना, साफेबजार लगागतका बस्तीहरुमा खानेपानीको समस्या देखिने गरेको छ। कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको उहाले गुनासो गर्नुभयो । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानीसमेत नहुने उहाले बताउनुभयो ।
यस्तै सापे बजारमा निमुना होटल सञ्चालन गर्दै आएका जय सिह धामीले पनि धारामा पानी नझर्दा समस्या हुने गरेको बतानुभयो । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको छ ।
उहाले पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको समेत बतानुभयो । अहिले भाणी सैनीमा डाडाकाटे मुहानबाट पानी आइरहेको छ।
तर मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको स्थानीय महने लुहाले भन्नुभयो पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहुँदा ’खानेपानीको लागी एक घन्टा टाढा जानुपर्ने बाध्यता रहेको छ ।
त्यो पनि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको छ नेता हरु चुनावको बेला मात्र भोट माग्न आउन्छन खाने पानीको समस्या हामी समाधान गरछौं भन्छन तर समस्या यथावत नै छ, उनले भने,, अर्का स्थानिय पुर्ण बहादुर बोहराका अनुसार नुहाउन, कपडा धुन, पशु–चौपायाको प्यास मेटाउन टाढाको खोल्साखाल्सी धाउनुपर्छ। शौच गर्न जंगलतिर जानुपर्ने टाढा छोराछोरीलाई स्कुल पढाउन र घरको अरु काम धन्दा गर्न नभ्याउने र सरसफाइका लागि हप्तौं कुर्नुपर्ने स्थानीयको गुनासो छ।
उहाले थपे मुलुकमा धेरै ठूला ठूला परिबर्तन आए, विकासका नाममा करोडौ रकम खर्च भए तर, धित मारेर तिर्खा मार्ने पानी यहाका बासीको चाहना अझै पुरा भएको छैन।