डोटी शिखरको मेयरमा काँग्रेसका बलायर र उपमेयरमा रावल विजयी

डोटी – डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका दीर्घ बलायर विजयी भएका छन्। उनी ६५६२ मत ल्याउँदै विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४५९१ मत प्राप्त पाए। एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए। उपमेयरमा नेपाली काँग्रेसकै सुनिता रावल जोरा ६४२६ मत ल्याउँदै विजयी भइन्।

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मी देवी मल्लले ४६४५ मत पाइन् भने नेकपा माओवादीका रमेश प्रसाद जोशीले ३६६ मत मात्रै पाए। नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा काँग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।

Leave A Reply

Your email address will not be published.