नारायण नदीले बगाएर ल्याएका ५ शव सुस्तामा भेटिए

रूपन्देही । बाढीले बगाएर ल्याएका ५ शव पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा फेला परेको छ ।

नारायणी नदी किनारका ठोक्कर नम्बर १४ र ७ मा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले जनाएका छन् ।

फेला परेका शवमध्ये चार जना महिला र एक जना बालिका रहेका छन् । शव फेला परेको क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ ।

प्रहरीले मुचुल्का तयार गरी शवलाई परीक्षण तथा पहिचानका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाउने तयारी छ ।

गण्डक बाँध क्षेत्रमा थप शव फेला पर्न सक्ने सम्भावना रहेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

पृथ्वीचन्द्र अस्पतालमा एउटा मात्र शव राख्ने फ्रिजरको व्यवस्था भएकाले थप शव व्यवस्थापनका लागि रूपन्देहीका अस्पतालसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.