दार्चुला । व्याँस गाउँसभा देखि बढेको जनप्रतिनिधिको विवाद फेरि सतहमा आएको छ । आठौं गाउँसभामा नेपाली काग्रेसले बहुमतले बजेट पारित गरेपछि बहिस्कार गर्दै नेकपा एमालेका जनप्रतिनिधि बाहिरिएका थिए ।
अहिले मासिक रुपमा बस्दै आएको कार्यपालिका बैठक समेत बस्न नसकेको तथा गाउँपालिकामा काग्रेसले एकलौटी कार्यकर्ता पोस्ने गरी बजेट लुकाएर बाँडफाँड गरेको भन्दै पुन विज्ञप्तीबाजी सुरु भएको छ ।
व्यास गाउँपालिका वडा नम्बर १, ३ र ४ नम्बरका वडा अध्यक्षहरुले छुट्टाछुटटै विज्ञप्ती जारी गर्दै गाउँपालिकाको काममको विरोध गरेको छ । उनीहरुले गाउँपालिका एकलौटी चलाउन खोजेको, बजेट लुकाउर कार्यकर्ता पोसेको जनताको गुनासोमाथि छलफल गर्नुपर्ने कार्यपालिका बैठक नियमित बसाल्न नसकेको जस्ता आरोप लगाएका छन् ।
वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहरा, वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामी र वडा नम्बर ४ का वडाअध्यक्ष सग्राम विष्टले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेका छन् ।
वडाअध्यक्षको विज्ञप्तीको खण्डन गर्दै गाउँपलिका प्रवक्ता धिरनसिह बुढाथोकीले गाउँपालिकाको बचाउ गर्नुभएको छ। उहाँले उल्टै कार्यपालिका बैठक र सर्वसम्म भएको निर्णय गाउँपालिका गरेको भन्दै बचाउँ गरेका छन् ।




