दार्चुला । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको हो।
हाल सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिममा अझैँ मनसुनी वायु सक्रिय भइसकेको छैन। तर, आज राति भने ठुलो वर्षाको आँकलन महाशाखाले गरेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिममा पनि एकरदुई दिनमा मनसुनी वायुको प्रभाव हुनेछ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। सुदूरपश्चिमबाहेक देशका सबै प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाले आइतबार सार्वजनिक गरेको बुलेटिन अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज देशभरका पहाडी भू भागका धेरै स्थान र बाँकी भू भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौषमविदहरुले बताएका छन ।