लेकम गाउँपालिकामा कांग्रेस सभापतीको लागी २६ बर्षिय धामीले उम्मेद्धारी दिने

दार्चुला । नेपाली कांग्रेसको आगामी १७ औ महाधिवेशनमा दार्चुलाको लेकम गाउँपालिकाबाट २६ बर्षिय गोविन्द धामीले गाउँपालिका सभापतीमा उम्मेद्धारी दिने भएका छन ।

वर्तमान अवस्थामा देश र जनतालाई युवा नेतृत्वको खाचो रहेकोले सम्पुर्ण युवाहरुको प्रतिनिधित्व हुने गरि आफुले गाउँपालिका सभापतीमा उम्मेद्धारी दिन लागेको धामीले बताउनुभएको छ।

पार्टी भित्रको हेपाहा प्रवृती र युवाहरुलाई पछाडी धकेल्ने कारण युवा नेतृत्व पछाडी परिरहेको भन्दै उहाँले देश र पार्टी बनाउन युवा नेतृत्वको खाचो रहेकोले गाउँपालिका सभापतीमा आफुले उम्मेद्धारी दिन लागेको जानकारी दिनुभयो ।

नेतृत्व परिवर्तनशील हुनुपर्ने र एक जनाले मात्रै लामो समय नेतृत्वमा बसिरहनु उपयुक्त नहु ने धारणा राख्दै उहाँले अब युवाहरुलाई नेतृत्व दिनु बाहेक विकल्प नरहेको बताउनुभयो । सकेसम्म सर्वसम्मत् रुपमा गाउँपालिका सभापतीमा आफुले दाबी गर्ने र नभए निर्वाचन प्रक्रियामा जानुपरेपनि उम्मेदवारी निश्चित रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको ७ औ वडा अधिवेशनबाट पनि विभिन्न ठाउँमा युवाहरु नेतृत्व सतहमा आएका छन । २०६७ साल देखि नेपाल विद्यार्थी संघमा आवद्ध धामी हाल नेपाली कांग्रेसको क्रियासिल सदस्य रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.