दार्चुला- विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामी दार्चुला जिल्ला प्रदेश सभा (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराई प्रचार प्रसारमा खटिएका छन् । चुनाव चिन्ह बिजुलीको चिम (बलफ) लिएर चुनावमा होमिएका छन् ।
दुई दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि जिल्लाको विकास र सिमा क्षेत्रको बारेमा पटक पटक आवाज उठाएर राजनितिक दलहरुका नेताहरुको ध्यानाकर्षण गराउदै आएका थिए । निडर, निष्पक्ष र निर्भिक र खरो रुपमा आवाज उठाउने पत्रकार धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि सबैको ध्यान उहाँको उम्मेदवारीप्रति गएको छ ।
संक्षिप्त परिचयः
प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका शंकरसिह धामीको जन्म २०४० साल जेठ ४ गते साविकको मालिकार्जुन गाउँविकास समिति मड अर्थात हालको मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा भएको थियो । पत्रकारिता विषयमा आइए उत्तिर्ण गरेका धामीले समाजशास्त्र विषयबाट विए र मास्टर डिग्री गरेका छन् ।
२०६१ देखि दार्चुलामा पत्रकारिता सुरु गरि दार्चुलाजस्तो विकट जिल्लामा दार्चुलाको पहिलो पत्रिका कालापानी पोष्ट साप्ताहिक र पहिलो दैनिक पत्रिका दार्चुला सन्देश प्रकाशनमा ल्याएका थिए भने उक्त दुवै पत्रिकाका संस्थापक र प्रकाशक हुन् ।
त्यस्तै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ दार्चुला शाखाको संस्थापक समेत रहनु भएका धामी २०६४ सालमा दार्चुला तयारी शाखाको संयोजक समेत रहेका थिए ।
त्यसपछि २०७० सालदेखि २०७७ सालसम्म नेपाल पत्रकार महासंघ दार्चुला शाखाको नेतृत्व गर्नुभएका धामीले सुदुरपश्यिम प्रदेश र देशकै उत्कृष्ट शाखा बनाउन महत्वपुर्ण भुमिका खेली दार्चुला शाखा पुरुस्कृत भएको थियो । दुई कार्यकाल महासंघको नेतृत्व गरेका धामी राष्ट्रियता र सार्वजनिक सरोकारका मुद्यामा कलम चलाउदै आएका थिए ।
उहाँ सामुदायिक रेडियो नयाँ नेपाल एफएम र सामुदायिक रेडियो मालिकार्जुन एफएमका संस्थापक मध्ये एक हुन् । २०६५ सालमा स्थापित नागरिक संस्था मिडिया विकास समाज नेपालको संस्थापक महासचिव र हाल कार्यकारी निर्देशक रहेका छन् ।
स्वतन्त्र उम्मेदवार धामीले नागरिक समाजबाट प्रतिनिधित्व गर्दै स्थानिय शान्ति समितिको जिल्ला संयोजकको नेतृत्व गर्दै दन्द्धकालमा हराएका नागरिक र राज्य पक्ष र विद्रोह पक्षबाट जनधनको क्षति लगायतको तथ्याकं संकलनमा महत्वपुर्ण भुमिका खेलेका थिए ।
त्यस्तै सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबको केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेर जिल्लामा क्रियाशिल पत्रकारहरुलाई देशका विभिन्न स्थानमा हुने पत्रकारिता तालिममा सहभागि गराएका थिए ।
डेढ दशकदेखि उपभोक्ता अधिकारको क्षेत्रमा क्रियासिल धामी हाल पवित्र महाकाली स्वच्छता अभियानको संयोजक भएर महाकाली नदिमा फोहोरजन्य वस्तु नफाल्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएका छन् । साथै हरेक महिनाको पहिलो दिन लगायत विभिन्न तिथिमा महाकाली नदिमा दिप प्रज्वलन गर्दै नदिलाई पवित्र बनाउन दबाब सृजना गर्ने कार्य गर्दै आएका छन् ।
उम्मेदवार धामी प्रेस चौतारी नेपाल दार्चुलाका संस्थापक रहेकोमा चौतारीको कुनै पनि जिम्मेवारीमा भने बसेका थिएन्न ।
त्यस्तै २०६३ सालमा स्थापित प्रेम सिंह धामी स्मृति प्रतिष्ठानको संस्थापकमध्ये एक उहाँ पनि हुन् ।
शंकर सिंह धामीकै पहल र सक्रियतामा देशको राष्ट्रिय धाम तथा मालिकार्जुनको पुण्यभूमिमा देशभक्त नेता स्वर्गीय प्रेम सिंह धामीको सालिक स्थापना गरेका थिए भने उहाँकै सक्रियतामा प्रेम सिंह धामी स्मृति प्रतिष्ठानले यो वर्षको सुरूवातीमा व्यास गाउँपालिका वडानम्बर १ छाङरूको गागामा देशभक्त नेताहरू प्रेम सिंह धामी, वहादुर सिंह ऐतवाल र गोपाल सिंह बोहराका अर्धकदका सालिक राखिएका छन् ।
सामान्य रहनसहन स्वभाव भएका धामीले विगत तिनवर्षदेखि आफ्ना दुबै सन्तान (छोरा र छोरी) जिल्ला सदरमुकाम खलंगास्थित रहेको सरकारी विद्यालय कैलाशपति आधारभूत विद्यालय छाङरूमा पढाउदै आएका छन् ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रहनु भएका प्रदेश सभा (क) क्षेत्रका स्वतन्त्र उम्मेदवार शंकरसिह धामी हाल मानव अधिकार रक्षक संजालका जिल्ला संयोजक समेत रहेका छन् । स्वतन्त्र उम्मेदवार धामी देशभक्त नेता प्रेमसिह धामीका भतिजा हुन् ।