सुदूरपश्चिममा आज अर्थमन्त्रीको टुंगो लाग्ने

दार्चुला  – सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ। रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने भएको हो। नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले अर्थमन्त्री नियुक्त गर्ने र साँझ सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

मुख्यमन्त्री त्रिलोचन भट्टे डोटी रहेकाले, आज धनगढी पुगेपछि नियुक्ति र सपथ ग्रहण हुने सोडारीले जानकारी दिनुभयो । एकीकृत समाजवादीले पाउने उक्त मन्त्री पदका लागि समाजवादीको संसदीय दलले नाम टुंगो लगाइसकेको छ।

तारा लामा तामाङलाई अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको एकीकृत समाजवादीका एक सांसदले बताउनुभयो। कञ्चनपुरकै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाश रावलको नाम पनि चर्चामा रहेको छ।

Leave A Reply

Your email address will not be published.