सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपातको सम्भावना

 

दार्चुला । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । तराईका जिल्लामा अहिले लागेको हुस्सु कुहिरो दिउँसो हट्ने सम्भावना छ । मौसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसो पारिलो घाम लाग्ने गरेकाले अधिकतम तापक्रम पनि घटेको छैन । काठमाण्डौको हिजोको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस थियो । आज पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

health
Leave A Reply

Your email address will not be published.