बैतडीको पाटन बजार क्षेत्रका छाडा पशुचौपायाको व्यवस्थापन गर्न माग

दार्चुला। बैतडीको पाटन बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको व्यवस्थापन गर्न माग गरिएको छ । पाटन बजार क्षेत्रमा छाडा पशुचौपायाका कारण विभिन्न समस्या आएकाले व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गरिएको हो ।

बजार व्यवस्थापन समिति, स्थानीय व्यापारी र कृषि प्राविधिक तथा उद्यम विकास संस्थाका तर्फबाट पाटन नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टलाई छाडा पशुचौपाया व्यवस्थापनका लागि नगरपालिकाले चासो दिनुपर्ने भन्दै सोमबार ज्ञापन पत्र बुझाइएको कृषि प्राविधिक तथा उद्यम विकास संस्थाका अध्यक्ष दिनेश भट्टले बताए ।

छाडा पशुचौपायाका कारण बजार क्षेत्र दुर्गन्धित हुँदै गएको छ भने दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । पाटनमा छाडा पशुचौपाया व्यवस्थापनका लागि पटक पटक आवाज उठेपनि अहिले सम्म छाडा पशुचौपायाको व्यवस्थापन हुन सकेको छैन् ।

छाडा पशुचौपायाको व्यवस्थापनका लागि नगरपालिकाले सहयोग मागेमा संस्थाका तर्फबाट समन्वय गर्न समेत तयार रहेको अध्यक्ष भट्टले बताए । छाडा पशुचौपायाहरुलाई व्यवस्थापनका लागि आफूहरुसंग प्राविधिक जनशक्ति समेत रहेका नगरपालिकासंग सहकार्य गर्न सकिने उनले बताए ।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.