बैतडीको डिलाशैनीमा रुखबाट लडेर एक जनाको मृत्यु

दार्चुला ।  बैतडीको डिलाशैनी गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर १ नानरा भुगाडीमा आज विहान स्याउला काट्ने क्रममा रुखबाट खसेर ७८ बर्षीय सलिभान धामीको मृयु भएको स्थानीय सुदीप रानाले जानकारी दिनुभयो ।

मंगलबार (आज) विहान १० बजे तिर स्याउला काट्न गएका धामीको रुखबाट लडेर घट्ना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.