पोखरा विमानस्थलमा तत्काल पश्चिमतर्फबाट जहाज अवतरण गर्न नदिन सिफारिस
दार्चुला- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।
प्रतिवेदनअनुसार पोखरा विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट भीएफआर ९आँखाले हेरेर हुने ० उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ । आयोगको यो सिफारिससँगै तत्काललाई पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट जहाज अवतरण गर्न नपाइने भएको छ ।
गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनापछि छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे नेतृत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिएको थियो ।
आयोगले हिजो छानबिनपछिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको समयमा भिजिबिलिटी ६ हजार मिटर थियो । भीएफआर उडान–अवतरणका लागि पाँच हजार मिटर भिजिबिलिटी भए पुग्छ । दुर्घटनामा मौसमको कारण नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि जहाज उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जहाजको बायाँतर्फको सिट ९जुन मुख्य कमान्ड दिने ठाउँ हो० मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ ।
हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् । तर खतराको सङ्केत प्राप्त भएपछि १० बजेर ५७ मिनेट १८ सेकेन्डमा विमानको नियन्त्रण पीएफ ९अञ्जु खतिवडा० ले पीएम ९कमल केसी० लाई सुम्पेको प्रतिवेदनमा उल्लेख छ । त्यसक्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको पनि प्रतिवेदनमा उल्लेख छ।
जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ ९थ्री जिरो ०बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल ९एटीसी० ले अवतरणको लागि धावनमार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम ९वान टू० बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडाइ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
