दार्चुला । दार्चुलाको गोकुलेश्वर र मालिकार्जुनमा महाशिवरात्रीको अवसरमा लाग्ने मेला सुरु भएको छ । आज बाट शिवरात्रीको अवसरमा करिब १ हप्ता सम्म भब्य रुपमा मेला लाग्ने गरेको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा दशकौदेखी लाग्ने गरेको गोकुलेश्वर मेला व्यापारिक र पर्यटकिय हिसाव महत्वपुर्ण मानिएको छ, भने मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मालिकार्जुन मन्दीरमा पनि मेला लाग्ने गरेको छ। गोकुलेश्वरमा लाग्ने मेलामा स्थानीय स्तरमा उत्पादन हुने विभिन्न किसिमका सामग्रीको समेत व्यापार भइरहेको मेलामा सहभागी सहकर्मी दिपक साउदले जानकारी दिनुभयो ।
जिल्लाको मार्मा, नौगाड, अपिहिमाल गाउँपालिका लगायतका स्थानबाट निगालोबाट उत्पादीत डोका, डाला, शुप्पा लगायतका सामान सहित व्यपारि गोकुलेश्वर मेला पुगेको उहाँले बताउनुभयो ।
स्थानीय स्थरमा उत्पादित सामानको लागी प्रसिद्ध गोकुलेश्वर मेलामा हजारौको संख्यामा स्थानीय स्तरमा उत्पादित सामान सहित व्यपारी पुगेका छन। १ हप्ता सम्म चल्ने मेलामा निगालो बाट उत्पादित सामान, काठका ठेकी, हिमाली क्षेत्रमा पाइने जटिबुटी सहित दार्चुला संगै छिमेकी जिल्ला बझाङबाट समेत व्यापारि गोकुलेश्वर पुगेका छन ।
जिल्लामा उत्पादित गलैँचा, उनबाट बनेका सामग्रीदेखि अल्लोबाट बनेका कपडा, भेडा च्यांग्राको छाला लगायतको समेत मेलामा व्यापार हुने गरेको छ । जिल्लाको उत्पादनले बजार पाउँदा उत्पादकलाई पनि प्रोत्साहन हुने भएकाले यस्तो मेला महोत्सवको आयोजना गर्दा जिल्लाको उत्पादनलाई बजारीकरण गर्न समेत सहज हुने गरेको छ ।
यस्तै गोकुलेश्वर मेलामा सास्कृतीक महोत्वसम समेत सञ्चालन भएको छ । स्थानीय सस्कृतीको संरक्षण र श्रष्ठाको सम्मान, नव प्रतिभालाई प्रोत्साहन, व्यापार पर्यटन प्रवद्धन हाम्रो अभियान भन्ने नारा सहित बृहत गोकुलेश्वर सास्कृतीक महात्सवको आज उत्घाटन गरिएको हो ।
महोत्वसवमा चर्चित कलाकारको सहभागीता रहन मेला व्यवस्थापन समितीले जनाएको छ। ऋाज पहिलो दिन आज महोत्सवमा चर्चित देउडा गायक महेश कुमार औजी, लोक तथा दोहोरी गायक मनोज सिंह धामी लगायतका कलाकारको सहभागीता रहेको थियो । भोली पनि महोत्सवमा चर्चित गायक चक्र बम लगायतका कालाकारको प्रस्तुती रहने मेला व्यवस्थापन समितीका संयोजक पुर्ण बहादुर साउदले जानकारी दिनुभयो ।